नियम
विदेशी राज्य वा संस्थालाई दुर्घटनाको जानकारी दिनु पर्ने
विदेशी राज्यमा दर्ता
भएको वायुयान नेपालको इलाकाभित्र दुर्घटना भएकोमा सम्पर्क अधिकृतले त्यस्तो
जानकारी यथाशीघ्र छिटो र उपयुक्त साधनद्वारा देहायका राज्य, नियोग र
संगठनलाई दिनु पर्नेछ ः-
(क) दर्ताको राज्य,
(ख) सञ्चालकको राज्य,
(ग) डिजाइनकोे राज्य,
(घ) निर्माताको राज्य,
(ङ) नेपालभित्र त्यस्तो राज्यको कुटनैतिक नियोग भए सो नियोग,
(च) अधिकतम उडान योग्य तौल दुई हजार दुुई सय पचास किलोग्राम
भन्दा बढीको वायुयान भए अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ।